विचार सामाचार

सांसद दिलकुमारी रावल थापाले प्रधान सेनापति अस्ट्रेलियामा भएको कार्यक्रममा सहभागि भएको सम्बन्धमा मागिन् सरकारको जवाफ

पर्सा १२ श्रावण ।राष्ट्रिय सभाकी सांसद दिलकुमारी रावल थापाले प्रधान सेनापति अस्ट्रेलियामा भएको कार्यक्रममा सहभागि भएको सम्बन्धमा सरकारको जवाफ माग गर्नुभएको छ ।बिहीबार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले कोभिड–१९ को संक्रमण बढिरहेकोतर्फ सरकारलाई सचेत गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘अस्ट्रेलियाको मेलर्वनमा भइरहेको आइपिएसको कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति सहभागि भएको भन्ने समाचार बाहिर आएको छ । कुरा के हो ? एकातिर आइपिएसको कार्यक्रममा सहभागि नहुने सरकारको निर्णय, अर्कोतिर सेनापति सहभागि हुने सरकारको दोहोरो नीति के हो ? म सरकारबाट स्पष्ट जवाफ चाहन्छु ।’

सांसद दिलकुमारीले कोभिड–१९ को नयाँ भेरियन्ट बढिरहेका बेला सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाइ गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोभिड–१९ को नयाँ भेरियन्ट बढीरहेको सन्दर्भमा एकातिर स्वास्थ्य मापदण्ड कमजोर भइरहेको छ, अर्कोतिर भ्याक्सिन डेट स्पायर भइरहेको छ । यसतर्फ सरकार गम्भिर हुन म आग्रह गर्न चाहन्छु ।’