अर्थ सामाचार

वीरगन्ज चिनी कारखाना संचाल गर्न सरकारको निणर्य

पर्सा १७ असार । वीरगञ्ज चिनीकारखाना संचचलन गर्न सरकारले अगामी आर्थीक वर्ष देखी सन्चालन गर्ने निणर्य गरेको छ ।
अर्थमन्त्री जर्नादन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडु सहित सरकारको मंगलबारको बैठकले यस्तो निणर्य गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।


बजेट घोषणा अनुसार रुग्ण भएर करिब २० वर्ष पहिले सरकारले नै बन्द गरेका वीरगन्ज चिनी कारखाना , वीरगन्जकै कृषि औजार कारखाना र हेटौंडा कपडा उद्योग , उपयुक्त मोडलमा सरकार र निजी क्षेत्रले वा अन्य कुनै विकल्पमा चलाउने निणर्य भएको उद्योग मन्त्रालयकाा सचिव अर्जुन पोख्रेलले जानकारी दिए ।
अर्थमन्त्री शर्मा, उद्योगमन्त्री बडु, योजना आयोगका उपाध्यक्ष र दुवै मन्त्रालयका सचिव सम्मिलित बैठकले यी तीन उद्योगहरु सञ्चालन गर्ने र त्यसका लागि अर्थ, उद्योग र कृषि मन्त्रालयले एक आपसमा समन्वय गर्ने निणर्य भएको पोख्रेलले बताए ।