पर्सा १८ श्रावण । नेपाल एयरलाइन्सको मुम्बई उड्न लागेको जहाजवाट सन्तोष लमिछाने पक्राउ परेका छन ।

उनी फौजदारी अभियोग लागेका व्यक्ति हुन । यस अघि जहाजमा आतंकवादी रहेको समाचार बाहिरिएको थियो । प्रहरीले जहाजवाट यात्रु ओरालेर अनुशन्धान गरेको थियो ।

कैलालीवाट विशेष ब्युरोको टोलीले केन्द्रमा सुचना पठाए पछि प्रहरी टोली विमानस्थल पुगेको थियो । प्रहरी स्रोतका अनुसार विशेष व्यूरोले आतंकवाद लगाएतका ठूला विषयमा अनुशन्धान गर्ने गर्दछ ।

तर सुन व्यवसायीसंग सम्बन्धी अपुष्ट सुचनाका आधारमा विषेश ब्युरो परिचालन हुँनु र आतंकवादीसंग जोडेर उड्न लागेको जहाज रोकिनुमा प्रहरीको कमजोरी भएको जानकारहरु बताउँछन । यसले अन्तराष्ट्रिय स्तरमै गलत सुचना प्रवाह भएको छ ।

प्रहरीको यो शैलीले कार्यसम्पादनमा गम्भिर प्रश्न उठेको छ ।

Facebook Comments Box