पर्सा २७ जेठ । मधेश प्रदेशकी प्रदेश सभा सदस्य पशमीना कादरीले नापी कार्यालय पर्सालाई कम्प्युटर र प्रिन्टर उपलब्ध गराएकी छिन् ।
नापी कार्यालयबाट प्रवाह हुने सेवा सुविधालाई थप प्रभावकारी बनाउन प्रदेश सभा सदस्य कादरीले नापी कार्यालय पर्साका प्रमुख नापी अधिकृत नारायण कुमार श्रेष्ठलाई ४ थान कम्प्युटर र २ थान प्रिन्टर हस्तान्तरण गरेकी हुन् ।
३ लाख २० हजार १ सय २९ रुपैयाँ बराबरको कम्प्युटर र १ लाख ६९ हजार ५ सय रुपैयाँको प्रिन्टर उनले नापी कार्यालयलाई उपलब्ध गराएकी हुन् ।
Add Comment