ENGLISH

बुटवलको तिनाउ नदीमा बाढीले बगाएको ल्याएको शवको पहिचान खुल्यो

पर्सा ०६ असार ।बुटवलको तिनाउ नदीमा बाढीले बगाएको ल्याएको शवको पहिचान खुलेको छ । नदीको भङ्गालोमा एक जनाको शव देखिएपछि प्रहरीले डोरीको सहायताले शव निकाल्ने प्रयास गरेको थियो ।
बुटवल उपमहानगरपालिका वडा नं. ११ प्रगतिनगरस्थित तिनाउ नदीमा बुटवल-११ बुद्धनगर बस्ने वर्ष अन्दाजी ६४-६५ वर्षिय किशोर बहादुर नेपाली रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले जानकारी दिनुभएकाे छ।

घटनास्थलमा प्रहरी पुगेपनि तिनाउको बहावका कारण शव निकाल्न समय लागेको उहाँले बताउनुभयो ।ईमेज खबर