ENGLISH

बलात्कारविरुद्ध प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शन

 पर्सा ०६ जेठ ।आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत भएकी युवतीको न्यायका लागि आज (शुक्रबार) दबाव दिन युवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिएका छन् ।

बुधबार पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफूलाई सौन्दर्य प्रतियोगिताका एक सञ्चालकले लठ्ठीने पेय पदार्थ खुवाएर बलात्कार गरेको खुलासा गरेकी थिइन् । करिब ८ वर्षपछि घटनाको जाहेरी दिएपछि कुनैपनि कानून नलाग्ने कुरालाई लिएर जाहेरी दिने हदम्याद घटाउनुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरिएको हो ।

प्रर्दशनीमा युवतीहरूको संलग्न बढी छ । यो घटनामा प्रधानमन्त्रीसमेतको ध्यानाकर्षण हुनुपर्ने उनीहरुको माग छ । पीडितको मनोबल कमजोर हुन नदिन र आरोपीलाई सजायको माग गर्दै यो प्रर्दश सुरु गरेका हुन् ।