राजनीति समाज सामाचार स्थानिय

जसपा युवा नेता शिव कुमार साहले महुवन नेरामाबीलाई २५ हजार ५ रुपैया चेक हस्तान्तरण

पर्सा १९ श्रावण । जसपा युवा नेता शिव कुमार साहले नेरामाबी महुवनलाई २५ हजार ५ रुपैयाँको चेक हस्तान्तरण

जनता समाजवदी पार्टी नेपालका युवा नेता शिव कुमार साहले सखुवा प्रसौनी गाउँपालिका- ५ महुवनमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालयलाई २५ हजार २५ सय रुपैया को चेक हस्तान्तरण गरेका छन।

बिद्यालयमा आयोजी एक कार्यक्रमका बीच विद्यालयका प्रधानाध्यापक भरत गिरिलाई उक्त चेक हस्तान्तरण गरिएको थियो ।

श्री देबिमाई आधारभूत बिधालय लखनपुरमा भएको कक्षा ११ भर्ना तथा अन्तरक्रियामा कक्षा ११ र १२ संचालनार्थ सहयोग गरिएको नेता साहले बताए ।

आफू समाजिक सेवा एवं शिक्षा बिकासका निमित विभिन्न कामहरु गरेको जस्तै कोरोना कालमा राहत वितरण, रक्तदान, बृक्षारोपण, कुलो सरसफाइ, बिधुत पोल जडान, बाटो मर्मत लगायतको समाजिक सेवामा आर्थिक सहयोग गरेको र भबिस्यमा पनि गरिरहने प्रतिबद्ध जनाएका छ्न ।

कक्षा ११ र १२ संचालन बिधालयको स्रोत, पालिका एवं नजिकका वडाको सहयोगमा संचालन भइ रहदा सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ लखनपुरका वडा अध्यक्ष मुन्ना राउत कमकरले वडाको बजेटबाट १ लाख ११ हजार सहयोग गर्ने प्र.अ. गिरिले बताए ।

सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ लखनपुरका वडा अध्यक्ष मुन्ना राउत कमकरको अध्यक्षता एवं जनता समाजवदी पार्टी नेपालका युवा नेता शिव कुमार साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महुवन असपतालका इन्चार्ज सरोज गिरि, नेपाल रेडक्रस सोसाइटी उप-शाखा महुवनका सभापति जदु साह तेलि, प्रधानाध्यापक भरत गिरि, शिक्षक दिनेश साह, चन्दन साह तेलि लगायत अभिभावक र बिद्यार्थीहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन शिक्षक सोनालाल यादव एवं स्वागत मन्तव्य रामबहादुर यादवले गरेका थिए ।